नेभिगेशन
सबै कुरा

सङ्घीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी ताेकेका छन् । 

महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए । प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२...
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो...
यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु

बुधबार सिंहदरबारमा असार ९ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को प्रस्तावमा उक्त आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग डिएसपीकाे पार्टी प्रकरण, एसपीको नेतृत्वमा छानबिन सुरु

बलात्कार मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्तिसँग प्रहरी क्वार्टरमा पार्टी गरिएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान...