नेभिगेशन
सबै कुरा

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाडा‌ैँ : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो । प्राधिकरणले ती कम्पनीहरुलाई ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम/दस्तुर तथा विवरणहरु बुझाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...

भर्खरै