नेभिगेशन
सबै कुरा

राजा महेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि प्रशासनले जारी गर्यो महेन्द्रनगरमा एक साता लामो निषेधाज्ञा

कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि महेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गरेको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बजारका दुई स्थानमा निषेधाज्ञा जारी गरेका हुन्। 

महेन्द्रनगरको संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बताए । 

भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक राख्न दिने नदिनेबारे दलहरुबीच मतभिन्नता भएपछि सम्भावित संकट टार्न उक्त कदम चालेको प्रशासनले बताएको छ ।

‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’ जारी आदेशमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी...

भर्खरै