नेभिगेशन
सबै कुरा

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते

जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार  बिहान करिब ३ बजे जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।  दुर्घटनामा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल रिफर गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन...

भर्खरै