नेभिगेशन
सबै कुरा

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

चितवन : जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । 

Ncell
Extreme Energy

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । 

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि  छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए । 

‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ’, उनले भने। औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

रसुवा बाढीमा पति हराएपछि इन्दिराको विलौना : ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन...

भर्खरै