नेभिगेशन
सबै कुरा

पुस्तौँदेखि बस्दै आएको १ सय ८७ घरपरिवार भूमाफियाको कब्जामा

१२ भदौ, काठमाडौं - महोत्तरीको भंगहा— ४ बनरा टोल १ सय ८७ परिवार भूमाफियाको कब्जामा परेका छन् । थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको बसोबास रहेको उक्त गाउँ नै अर्कैको नाममा दर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पुस्तादेखि बस्दै आएको घर जग्गा मात्र नभएर झन्डै ४५ बिघा जमिनमा फैलिएको गाउँनै बाहिरका व्यक्तिहरूको नाममा गएपछि पीडितहरु यतिबेला सरकार गुहार्न काठमाडौं आएका छन्। काठमाडौं आएदेखि नै माइतीघर मण्डलामा आन्दोलनरत उनीहरुले सोमबार उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर घटनाको विवरण जानकारी गराएका छन् । उनीहरुको समस्याबारे गृहमन्त्रीले भूमि व्यवस्था सहकारी मन्त्री रञ्जिता श्रेष्ठ साथै भूमि आयोगका सरोकारवालासँग छलफल समेत राखेका छन् ।

सुकुम्बासी आयोगबाट २०५४ सालमा नापी भएको थारूटोल बनराको जग्गा आयोगका पदाधिकारी, नापी र मालपोतका कर्मचारी साथै राजनीतिकर्मीहरूले चलखेल  कारण अर्कैको नाममा गएको पीडितहरु बताउँछन् । 

डेढ सय बढी परिवार घरबारविहिन भएपछि पीडितहरू यतिबेला न्यायको माग गर्दै काठमाडौं आएर सरकारसँग चारबुँदे माग राखेका छन्। गैरकानुनी रूपमा जारी गरिएको लालपुर्जा तुरुन्त खारेज गर्नुपर्ने, जग्गा हिनामिनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाही गरिनुपर्ने, जग्गा प्राप्त गर्नेहरूविरुद्ध जाँचबुझ गरी कारबाही गरिनुपर्ने र बनराका साबिक स्थानीयवासीका नाममा घरजग्गा गर्नुपर्ने उनीहरूको माग छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...