नेभिगेशन
सबै कुरा

पुस्तौँदेखि बस्दै आएको १ सय ८७ घरपरिवार भूमाफियाको कब्जामा

१२ भदौ, काठमाडौं - महोत्तरीको भंगहा— ४ बनरा टोल १ सय ८७ परिवार भूमाफियाको कब्जामा परेका छन् । थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको बसोबास रहेको उक्त गाउँ नै अर्कैको नाममा दर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

पुस्तादेखि बस्दै आएको घर जग्गा मात्र नभएर झन्डै ४५ बिघा जमिनमा फैलिएको गाउँनै बाहिरका व्यक्तिहरूको नाममा गएपछि पीडितहरु यतिबेला सरकार गुहार्न काठमाडौं आएका छन्। काठमाडौं आएदेखि नै माइतीघर मण्डलामा आन्दोलनरत उनीहरुले सोमबार उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर घटनाको विवरण जानकारी गराएका छन् । उनीहरुको समस्याबारे गृहमन्त्रीले भूमि व्यवस्था सहकारी मन्त्री रञ्जिता श्रेष्ठ साथै भूमि आयोगका सरोकारवालासँग छलफल समेत राखेका छन् ।

सुकुम्बासी आयोगबाट २०५४ सालमा नापी भएको थारूटोल बनराको जग्गा आयोगका पदाधिकारी, नापी र मालपोतका कर्मचारी साथै राजनीतिकर्मीहरूले चलखेल  कारण अर्कैको नाममा गएको पीडितहरु बताउँछन् । 

डेढ सय बढी परिवार घरबारविहिन भएपछि पीडितहरू यतिबेला न्यायको माग गर्दै काठमाडौं आएर सरकारसँग चारबुँदे माग राखेका छन्। गैरकानुनी रूपमा जारी गरिएको लालपुर्जा तुरुन्त खारेज गर्नुपर्ने, जग्गा हिनामिनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाही गरिनुपर्ने, जग्गा प्राप्त गर्नेहरूविरुद्ध जाँचबुझ गरी कारबाही गरिनुपर्ने र बनराका साबिक स्थानीयवासीका नाममा घरजग्गा गर्नुपर्ने उनीहरूको माग छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...