नेभिगेशन
समाज

सुनको मूल्य प्रतितोला तीन लाख ४०० रुपैयाँ

काठमाडौँ । बुधबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा बुधबार सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ ।

Ncell
Extreme Energy

साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।