नेभिगेशन
समाज

सात महिनाको अवधिमा वैदेशिक व्यापारका घाटा नौ खर्ब पचास अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ । चीनसँग रु दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र रु ९० करोड एक लाख बराबरको निर्यात हुँदा रु दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ ।

Ncell
Extreme Energy

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग रु ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग रु ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग रु १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा रु पाँच करोड ५२ लाख, नर्वेसँग रु तीन करोड ३३ लाख र आइसल्याण्डसँग रु दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ । पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ ।

यो अवधिमा रु ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, रु ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यसैगरी, रु ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, रु २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, रु ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, रु २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची रु आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल रु पाँच अर्ब ७८ करोड, कार्पेट रु पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनी अवस्थाबीच ठूलो खाडल : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाढी प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र जमिनको वास्तविक अवस्थाबीच ठूलो खाडल देखिएको बताएका छन्।
भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

भोटेकोशी बाढी अपडेट: ४६९ जनाको शव फेला, ३ हजार २५३ को उद्धार

रसुवाको भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या ४६९ जना पुगेको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुको विवरण अनलाइनबाटै हेर्न सकिने

भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुको विवरण अनलाइनबाटै हेर्न सकिने भएको छ ।