नेभिगेशन
बजार

टाटाको अफरः पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी लिन सकिने

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेका बेला टाटा मोटर्स का लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले दुई पाङ्ग्रे प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ तथा विशेष अभियान सार्वजनिक गरेको छ।

‘Switch to Tiago.ev’ नामक यो अभियानमार्फत अब ग्राहकहरूले आफ्नै बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। ‘स्विच टु टियागो इभी’ अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर लिएर टाटा मोटर्सको शोरूम पुगेमा आकर्षक मूल्यांकनसहित नयाँ टियागो इभी प्राप्त गर्न सकिने घोषणा गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस योजनाको प्रमुख आकर्षणस्वरूप नयाँ टाटा टियागो इभी मासिक मात्र १७,७१३ रुपैयाँ जति कम किस्ताबन्दी (EMI) सुविधामा उपलब्ध हुने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ। कम्पनीका अनुसार यो सुविधाले बाइक चलाउँदै आएका उपभोक्तालाई सुरक्षित, किफायती तथा पारिवारिक यात्रातर्फ सहज रूपमा अपग्रेड हुने अवसर प्रदान गर्नेछ।

Ncell
Extreme Energy

वर्षाका बेला कठिन यात्रा, प्रदूषित वातावरणका कारण दीर्घकालीन स्वास्थ्य असरजस्ता समस्याबाट मुक्त हुन टियागो इभी उपयुक्त विकल्प बन्ने कम्पनीको दाबी छ। यसमा उपलब्ध एयरब्याग, स्थिरता नियन्त्रण प्रणाली (स्टेबिलिटी कन्ट्रोल) र बन्द क्याबिन जस्ता सुरक्षा फिचरहरूले चालक तथा यात्रुलाई थप सुरक्षित यात्रा सुनिश्चित गर्ने बताइएको छ।

पाँच जनासम्म आरामदायी रूपमा यात्रा गर्न सकिने यस मोडलले दैनिक आवतजावतदेखि परिवारसँगका भ्रमणसम्म सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। पेट्रोल सवारीको तुलनामा विद्युतीय सवारी सञ्चालन खर्च कम हुनुका साथै मर्मत खर्च पनि न्यून हुने भएकाले दीर्घकालीन रूपमा यो स्मार्ट वित्तीय निर्णय हुने दाबी गरिएको छ। टियागो इभीमा उपलब्ध प्रिमियम फिचरहरूले यात्रालाई अझ स्मार्ट, सुगम र आरामदायी बनाउने विश्वास कम्पनीको छ।

साथै, सिप्रदीको नेपालभर फैलिएको इभी सञ्जालमार्फत ग्राहकहरूले खरिदपश्चात चार्जिङ, सर्विस तथा मर्मत सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

सुरक्षित, आरामदायी र किफायती यात्रातर्फ अपग्रेड हुन चाहने दुई पाङ्ग्रे प्रयोगकर्ताका लागि ‘Switch to Tiago.ev’ अभियान महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ। इच्छुक ग्राहकहरूले नजिकैको टाटा मोटर्स शोरूममा गई आफ्नै बाइक वा स्कुटरको मूल्यांकन गराई टियागो इभीको टेस्ट ड्राइभ लिन सक्नेछन्।

टाटा मोटर्सको यो अभियानले नेपालमा विद्युतीय सवारी रूपान्तरणलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। थप जानकारीका लागि देशभर रहेका टाटा मोटर्सका शोरूमहरूमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
तोला ६ सयले बढ्यो सुनको मूल्य

तोला ६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ...
तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो