नेभिगेशन
सबै कुरा

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

चितवन : गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताए।उनले भन्नुभयो, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” उनले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताए । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए ।

Extreme Energy
citizen life

“बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, कलारामले भने, “चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।” चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उनको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उनले भने, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै  चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताए । “यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्”, उनले भने। 

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए । “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ”, उनले भने । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उनले बताए । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताए । 

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गरे।  

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले  चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताए । “अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन”, उनले भने, “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसलाई महिला दिवसले छोएन...

जसलाई महिला दिवसले छोएन...

‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका...

भर्खरै