नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री कार्की र कतारी समकक्षीबीच टेलिफोन वार्ता, नेपालीको सुरक्षाबारे चासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे चासो व्यक्त गरेकी छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको पनि बताइन् । उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धिहरु र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइन् । उनले वार्ता र कूटनीतिको माध्यमबाट दीर्घकालीन शान्ति सुनिश्चित हुने स्पष्ट पारिन् ।

Marvel
Extreme Energy

सो वार्तामा कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री अल थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गर्दै  कतारमा रहेका नेपाली नागरिकहरुलाई वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिने बताए । उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको...
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।