नेभिगेशन
समाज

डोनाल्ड ट्रम्प भन्छन्, 'इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम छ'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्‍याएका छन्।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा भने, ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ। धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने पनि बताए । उक्त समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।

Extreme Energy

तर अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले स्पष्ट समर्थन जनाएका छैनन् वा सहभागी हुन अस्वीकार गरेका देखिन्छन् । ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना समेत गरेका छन्।

यसैबीच, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताए । उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरे ।
संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।

भर्खरै