नेभिगेशन
समाज

डोनाल्ड ट्रम्प भन्छन्, 'इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम छ'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन् । यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्‍याएका छन्।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा भने, ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ। धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको अमेरिकी गठबन्धनमा सामेल हुन सहमत भएका देशहरूको नाम घोषणा गर्ने पनि बताए । उक्त समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ ।

Ncell
Extreme Energy

तर अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले स्पष्ट समर्थन जनाएका छैनन् वा सहभागी हुन अस्वीकार गरेका देखिन्छन् । ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना समेत गरेका छन्।

यसैबीच, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको बताए । उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपका हितसँग जोडिएको उल्लेख गरे ।
संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । त्यसयता द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...