नेभिगेशन
समाज

मध्यपूर्वमा द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित, मानवीय सङ्कट झन् गहिरिँदै

मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् ।

Extreme Energy

विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ । लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन् ।

सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् । गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।

खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।

भर्खरै