नेभिगेशन
विदेशका कुरा

होर्मुज तनाव चर्किँदै, ट्रम्पको जवाफमा इरानको प्रतिआक्रमणको चेतावनी

मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टाको समयसीमा दिँदै जलडमरूमध्य खुला नगरे देशका प्रमुख पावर प्लान्टहरूलाई लक्षित गरी ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए ।

Ncell
Extreme Energy

त्यसको प्रत्युत्तरमा इरानको सैन्य परिचालन कमान्डले अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि तथा डिसेलिनेसन पूर्वाधारहरू क्षेत्रभरि निशानामा पर्ने चेतावनी दिएको छ ।

यसैबीच, इरानले नतान्जस्थित आणविक स्थलमा भएको आक्रमणपछि दक्षिणी इजरायलका अराद र डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली हवाई सुरक्षालाई पार गर्दै प्रहार गरिएका मिसाइलहरूले आवासीय संरचनामा क्षति पुर्‍याएका छन् भने १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

डिमोनामा रहेको संवेदनशील आणविक क्षेत्रमा नजिकै प्रहार हुँदा थप चिन्ता बढेको छ, यद्यपि इजरायलले आफ्नो आणविक क्षमताबारे औपचारिक रूपमा स्वीकार गरेको छैन ।

इजरायलले यसको जवाफस्वरूप तेहरानमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । तीन हप्तादेखि जारी द्वन्द्वमा यो आक्रमण सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ ।

अरादमा विस्फोटपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइतेहरूको खोजी गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको भयावह अनुभव सुनाएका छन् ।

यस तनावको केन्द्रमा रहेको होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो । यहाँबाट विश्वको झन्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने गर्दछ । हालको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ, जसले आर्थिक अस्थिरताको सङ्केत दिएको छ ।

ट्रम्पले नाटो सहयोगीहरूको आलोचना गर्दै जलडमरूमध्य सुरक्षित गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । बेलायत, फ्रान्स, इटाली, जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स र बहराइनसहित २२ राष्ट्रले इरानद्वारा जलमार्ग अवरुद्ध गरिएको भन्दै विरोध जनाएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै इरानका तटीय भूमिगत संरचनामाथि बङ्कर–बस्टिङ बम प्रहार गरिएको छ, जसले इरानको समुद्री मार्ग नियन्त्रण क्षमतामा केही हदसम्म असर पारेको दाबी गरिएको छ । यसैबीच हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वतर्फ परिचालन भइरहेका छन् ।

इरानले खाडी क्षेत्रका देशहरूलाई पनि निशाना बनाउँदै आएको छ । साउदी अरेबियाले रियाद नजिक तीनवटा ब्यालेस्टिक मिसाइल फेला परेको र तीन ड्रोन खसालिएको जनाएको छ ।

संयुक्त अरब इमिरेट्सले पनि इरानी आक्रमणको प्रतिकार गरेको बताएको छ । त्यस्तै, इरानले डिएगो गार्सियास्थित अमेरिका–बेलायत सैन्य अड्डामाथि लामो दूरीको मिसाइल प्रहार गर्ने प्रयास गरेको दाबी गरिएको छ, यद्यपि त्यो असफल भएको जनाइएको छ ।

विश्लेषकहरूका अनुसार इरानको सैन्य क्षमता अपेक्षा गरिएकोभन्दा बढी टिकाउ देखिएको छ । शीर्ष नेतृत्वमा क्षति पुगे पनि सरकार र सैन्य संरचनाले लचकता प्रदर्शन गरेको ठानिएको छ । यस तनावपूर्ण अवस्थाबीच इरानमा रमजानको अन्त्य र नौरोज पर्व मनाइएको छ ।

सर्वोच्च नेता परिवर्तनपछि सार्वजनिक रूपमा कम देखिएका छन् भने धार्मिक गतिविधिहरू अन्य नेतृत्वमार्फत सम्पन्न भइरहेका छन् । सर्वसाधारणले नयाँ वर्ष मनाइरहँदा युद्धको त्रासले वातावरण गम्भीर बनेको अनुभव गरेका छन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको बताएका छन् ।
सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिइएकी छिन् । उनले उपचारमा कुनै प्रकारको कमी...
कृषि मन्त्री  चौधरीले ल्याइन् ‘एएमपिआइएस नेपाल’ मोबाइल एप ,  १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

कृषि मन्त्री  चौधरीले ल्याइन् ‘एएमपिआइएस नेपाल’ मोबाइल एप ,  १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

मन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप...
मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।