नेभिगेशन
सबै कुरा

'म माथिकाे आक्रमण जनताको आक्रोश हो, खोया हान्नेलाई फूल दिएर घर पठाउ ' : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई खोया प्रहार गर्नेलाई फूल दिएर घर पठाउन प्रहरीलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरास्थित अमरसिंहचोकमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

Ncell
Extreme Energy

खोया प्रहार भएपछि सभापति लामिछानेले जनताका समस्या समाधान नभएको आक्रोश भएको भन्दै प्रहार गर्ने व्यक्तिलाई कुनै कारबाही नगर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

साथै उनको समस्या सुन्न घरमै पुग्ने समेत घोषणा गरेका छन् । खोया प्रहार भएपछि केही भावुक भएका लामिछानेले जनताबाट आएको चुनौती सम्झेर खोयालाई घरमा सजाएर राख्ने बताए ।

उनले भने ‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’ जति सुकै प्रहार भएपनि आफू कालोसिसामा लुकेर हिड्ने नेता नभएको भन्दै लामिछानेले छाति ठुलो पारेर चोक गल्लीमा हिड्ने नेता भएको बताए ।

यस्ता आक्रमणहरू आफूले अन्दाज गरेकै भएकाले आफ्नो इरादा नबदलिने घोषणा गरे । उनले भने 'म तयार छु, कसैले हिलो फ्याँकोस्, कसैले ढुंगा हानोस् मेरो इरादा बदलिने छैन, किनकी मैलै आशा गरेको, अपेक्षा गरेका र अन्दाज गरेका आक्रमणहरू हुन्, म तयार छु पार्टी तयार छ' ।

लामिछानेले आफूलाई आक्रमण गर्नेका लागि भन्दै भाषणकै क्रमण एउटा फूल दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।