नेभिगेशन
विदेशका कुरा

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्।

मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्रमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गरे ।

Ncell
Extreme Energy

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्‍याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
डाक्टरहरुले अब के गर्छन् ?

डाक्टरहरुले अब के गर्छन् ?

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।
लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।