नेभिगेशन
प्रविधिका कुरा

अन्तरिक्ष यात्राका लागि चीनको नयाँ वैज्ञानिक योजना

चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मानव स्वास्थ्यसम्बन्धी अनुसन्धान कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी का अनुसार, आगामी अप्रिल १ देखि प्रस्ताव आह्वान गरिनेछ ।

यो कार्यक्रम दीर्घकालीन अन्तरिक्ष यात्रा तथा भविष्यका चन्द्रमा अवतरण अभियानका क्रममा मानव स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित हुनेछ । यसमार्फत अन्तरिक्ष मानव एटलस निर्माण, अनुसन्धान डेटाबेस स्थापना तथा नयाँ वैज्ञानिक उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको तियानगोङ अन्तरिक्ष स्टेशन (स्वर्गीय दरबार)मा यस्ता अन्तरिक्ष चिकित्सा अनुसन्धानहरू महत्वपूर्ण मानिन्छन् । सन् २०२३ जुनदेखि प्रस्ताव संकलन सुरु गरिएकोमा हालसम्म ३८७ परियोजना प्राप्त भइसकेका छन्, जसमध्ये ५३ परियोजना कार्यान्वयनमा गएका छन् ।

Extreme Energy

चीनले सन् २०३० सम्म मानवसहित चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ । यसै वर्ष तियानगोङमा दुई समूहका अन्तरिक्षयात्री पठाइनेछन्, जसमा एक जनाले एक वर्षभन्दा बढी समय कक्षामा बस्ने योजना छ ।

अनुसन्धानकत्र्री ली यिङहुई का अनुसार, चीनले अन्तरिक्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । यसमा अन्तरिक्षमा अंग–चिप तथा कृत्रिम रक्तनलीसम्बन्धी अनुसन्धान समावेश छन्, जसले मुटु स्वास्थ्य, स्नायु प्रणाली, बुढ्यौली तथा औषधि विकासमा सहयोग पुर्‍याएको छ ।

यो अनुसन्धानले अन्तरिक्षयात्रीहरूको मात्र नभई पृथ्वीमा रहेका सर्वसाधारणको स्वास्थ्य सुधारमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप प्रविधिका कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

भर्खरै