नेभिगेशन
सबै कुरा

सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छवटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो । 

सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सेल्फीकलीले पाँच सय पूर्णाङ्कमा तीन सय ९४ अङ्क ल्याएर उपाधि जिल्न सफल भएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ । 

Dish Home
Global Ime Bank


प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएको छ । दुवैले क्रमशः तीन सय ९३ र तीन सय ५६ अङ्क प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए । 

निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्याङ्कनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन् ।

हात्तीको शृङ्गार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिए । हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनले बताए । 

हात्ती महोत्सव समापनका दिन प्रतियोगितामा प्रथम हुने हात्तीलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ । आउँदो शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ । 


नयाँ वर्ष सन् २०२४ को अवसर पारेर सञ्चालन गरिएको महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

भिडियोमार्फत घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेको भन्दै उनलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग गरिएको थियो ।
श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ ।
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।