नेभिगेशन
समाज

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।

Ncell
Extreme Energy

हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह–अध्यक्षको हैसियतमा, आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गरिएको छ । पत्रमार्फत नेपाली जनताप्रति अटुट एकबद्धता प्रकट गरिएको छ ।

नेपालको जरुरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका सञ्चालक समितिसँग संलग्न भइरहेको भनी पत्रमार्फत आश्वस्त पारिएको छ । प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरू भित्रका विकल्पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ ।

कोषको सञ्चालक समितिका सह–अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोस्र्टिङद्वारा प्रेषित पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्याङ्कन, आधिकारिक तथ्याङ्क, उपग्रह (स्याटेलाइट) जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।