नेभिगेशन
समाज

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र नोक्सानी सम्बोधन कोषले नेपालले पठाएको पत्रको जवाफ दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।

Ncell
Extreme Energy

हानि र नोक्सानी सम्बोधन कोषको सञ्चालक समितिको सह–अध्यक्षको हैसियतमा, आकस्मिक रूपमा आएको विनाशकारी भोटेकोशी बाढीका कारण भएको ठूलो हानि र नोक्सानीप्रति नेपालका जनताप्रति समवेदना व्यक्त गरिएको छ । पत्रमार्फत नेपाली जनताप्रति अटुट एकबद्धता प्रकट गरिएको छ ।

नेपालको जरुरी अनुरोधलाई यथाशक्य छिटो सम्बोधन गर्न कोषका सञ्चालक समितिसँग संलग्न भइरहेको भनी पत्रमार्फत आश्वस्त पारिएको छ । प्रतिक्रिया सकेसम्म द्रुत र अर्थपूर्ण होस् भन्नका लागि सञ्चालक समितिले कोषको विद्यमान जनादेश, ढाँचा, संरचना, नीति र प्रक्रियाहरू भित्रका विकल्पहरूमा विचार गर्न सिफारिस गरेको जनाएको छ ।

कोषको सञ्चालक समितिका सह–अध्यक्षहरू क्यामिला मिनर्भा रोड्रिगेज तावरेज र जोर्ज बोस्र्टिङद्वारा प्रेषित पत्रमा नेपाल सरकारले प्रारम्भिक मूल्याङ्कन, आधिकारिक तथ्याङ्क, उपग्रह (स्याटेलाइट) जानकारी र क्षति अनुमान उपलब्ध गराउन व्यक्त गरेको तत्परताको उच्च सराहना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।