नेभिगेशन
समाज

स्टक ब्रोकरहरूसँग अर्थमन्त्री डा.वाग्लेले भनेका ७ मुख्य कुरा

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक बजेटको तयारी गरिरहेको बताएका छन् । 

आज अर्थ मन्त्रालयमा स्टक ब्रोकरहरूसँग छलफल गर्दै अर्थमन्त्री डा.वाग्लेले नेपालको अर्थतन्त्रका लागि स्वर्णिम समय आउँदै गरेकाले हल्ला र गलत अफवाहका पछि नलाग्न आग्रह गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री डा.वाग्लेले भने,'हामी २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक बजेटको तयारी गरिरहेका छौँ,  शेयर बजारमा सबैभन्दा उदार पार्टी रास्वपा हो र बजेटमा पनि त्यो देखिने छ ।'

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनु आवश्यक भएको भन्दै गलत गर्नेलाई उन्मुक्ति नमिल्ने तर छानी छानी प्रतिसोध नहुने उल्लेख गरे । 

छलफलमा अर्थमन्त्री डा.वाग्लेले के भने ?
-नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनु छ ,त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो , हामी गछौँ। 
-केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् । 
-अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानी छानी प्रतिशोध हुँदैन । 
-सरकार निजी क्षेत्र मैत्री छ ।  रास्वपा र सरकार निजी क्षेत्र विरोधी होइन ।
अर्थमन्त्रीको पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ
-हामी २०४८ यताकै रूपान्तरणकारी  र ऐतिहासिक बजेट आउँदै छ ।
-नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदै छ । हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ ।

शेयर बजारमा सबैभन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने  रास्वपा हाे तर, अहिले अफवाह फैलाइँदै छ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । 


ब्रोकरका प्रतिनिधिहरूले अर्थमन्त्रीलाई के के भने ?
पूर्वअध्यक्ष प्रियराज रेग्मीले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाएका कारण साना लगानीकर्ता आत्तिएको बताए । उनले बजारमा गलत हल्ला मच्चाउनेहरू रहेको पनि उल्लेख गरे । 
-संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी  छ । 
-निजी क्षेत्रमाथिको अनुसन्धान जायज छ तर अनुसन्धान गोप्य राखिनु पर्ने थियो भएन । 
-पुँजी बजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गरिनु पर्छ । 

पछिल्ला केही दिनयता शेयर बजारमा आएका अस्वाभाविक परिवर्तनलाई लिएर अर्थमन्त्री वाग्लेले नेपाल स्टक ब्रोकर एसोसिएसनका सदस्यहरूसँग मन्त्रालयमै छलफल गरेका हुन् । 
ख 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।
भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ।
भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।
नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो

नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुलेको छ ।