नेभिगेशन
विचार

संसद् सबैभन्दा अनुशासन र मर्यादामा चल्नु पर्दछ

यस गरिमामय सभामा सम्बोधन गर्ने अवसर जुटाईदिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरु र संघीय संसद सचिवालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । प्रतिनिधि सभा निर्वाचनमा मलाई निर्वाचित गराई गरिमामय संसद सदस्यको रुपमा पठाउने मेरो निर्वाचन क्षेत्र, काठमाडौं ९ का आदरणीय मतदाता तथा देशैभरिबाट मतदान गर्ने सबैमा हार्दिक नमन गर्दछु । यसैगरी, प्रवासमा बसेर हामीलाई अथाह माया गरी मतदानमा प्रत्यक्ष-परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरु, मलाई सभामुख जस्तो सम्मानित पदमा निर्वाचित गराउनु भएकोमा सबै माननीय सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई सभामुख पदको उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी, प्रस्तावक रहनु भएको माननीय रवि लामिछानेज्यू, समर्थक रहनु भएका माननीय सदस्यहरु स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्सालप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै निर्विरोध निर्वाचित गराएर मलाई सभामा सबैको साझा प्रतिनिधित्व गर्ने वातावरण बनाउन सहयोग गर्नु भएकोमा सवै दलबाट प्रतिनिधित्व गर्ने सदस्यज्यूहरुप्रति समेत धन्यवाद व्यक्त गर्दछु ।

यस विशेष क्षणमा लोकतान्त्रिक आन्दोलन र जेन्जी आन्दोलनको क्रममा आफ्नो  ज्यान आहुति दिएर देशमा सुशासन कायम, भष्टाचार नियन्त्रण र मुलुकको समृद्धिका लागि बलिदान गर्ने सबै महान शहीदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । उहाँहरूको त्याग, बलिदान र संघर्षले आज हामीलाई यहाँसम्म ल्याएको हो, र त्यसको सम्मान गर्दै हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई तिहाई नजिकको ऐतिहासिक बहुमत सहित प्रधानमन्त्रीको जिम्मेवारी समाल्नुभएका सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू र मन्त्री परिषद्का सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

Extreme Energy
Everest cinsult

जनताले आफ्नो अमूल्य मतमार्फत हामीलाई पाँच वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पेका छन् । यो केवल अधिकार होइन, गहिरो उत्तरदायित्व पनि हो । देशमा समृद्धिको अपेक्षा राखेर हामीलाई यो सदनसम्म पुर्याउन कयांै कलिला युवाहरुले जीवन बलिदान गरेका छन् । कति आमाहरुको कोख रित्तिएको छ, कतिका सिउँदो पुछिएको छ, कति अपांग भए, अंगभंग भए, कतिले आँसु बगाइरहनु भएको छ । यो दर्दनाक घटनाहरु सहन गर्र्दै देशमा शुसासन कायम होस्, भ्रष्टचार नियन्त्रण होस् र आर्थिक विकास होस् भनी मतपत्रमार्फत हामीलाई जिम्मा लगाउनु भएको छ । जनताको विश्वास, अपेक्षा र आशालाई व्यवहारमा उतार्दै परिणाममुखी काम गर्नु हाम्रो प्रमुख कर्तव्य हो । कुनै पनि बहानामा यो विश्वास कमजोर हुन दिनु हुँदैन। संसदलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनु हाम्रो साझा जिम्मेवारी हो ।

निर्वाचनको दौरानमा हामीले आफ्ना बाचा र प्रतिवद्धतामार्फत राखेका प्रस्तावहरु निर्वाचनको प्रकृयावाट व्यक्त गरेको स्वीकृति र अनुमोदन अव एकतर्फी बाचा र प्रतिबद्धतामा मात्रै सीमित नरही मतदाता र हामी जनप्रतिनिधि बीचको औपचारिक र आधिकारिक राजनीतिक सम्झौतामा परिणत भएको छ । यसर्थ परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्वपूर्ण कानून निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी छन् । त्यसैले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै माननीय सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य छ । संसदलाई निष्क्रियता होइन, कार्यसम्पादनको केन्द्र बनाउनु आवश्यक छ ।

नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात गर्दै देशलाई समृद्ध बनाउन संसदीय अभ्यासको आवश्यकता हुन्छ, यस उद्धेश्य प्राप्तिको लागि हामी सबैको कर्तव्य रहेको व्यहोरा जानकारी गराउँदछु । जेन्जी आन्दोलनको माग अनुरुप विकास र समृद्धिको बाटोमा राष्ट्रलाई अगाडि बढाउने हुटहुटी भएका हरेक नागरिकहरुको अभिमत बोकेर हामी सबै सदस्यहरु यस गरिमामय संसदको एकै थलोमा बसी नागरिकहरुको हरेक समस्याको सही समाधानको बाटो पहिल्याउन उपस्थित भएका छौं । बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकोले सवै दलहरुको समन्वयमा नै संसदको गरिमा र प्रभावकारिता बढ्ने कुरामा दुईमत छैन । संसदमा उपस्थित राजनीतिक दल र सबै सदस्यहरुवाट असल संवैधानिक अभ्यास हुने नै छ ।

यहाँहरुलाई अवगत नै छ, संसद सबै भन्दा अनुशासन र मर्यादामा चल्नु पर्दछ । हामीसँग रहेको कानुन, कार्यसञ्चालन नियमावली र प्रचलित अभ्यासका आधारमा यो बैठक अघि बढ्नेछ । नयाँ प्रतिनिधि सभा आएसँगै अब तत्कालै हामी नियमावली मस्यौदा समिति गठन गर्दै  छौं । यसमा सबै यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहभागिता रहने छ । बैठकलाई प्रभावकारी र सहज रुपमा अघि बढाउनका लागि यहाँहरुको सुझावको अपेक्षा गर्दछु । साथै कार्यसञ्चालन नियमावलीलाई पूर्ण पालना गर्नु-गराउनु हामी सबैको कर्तव्य हुने छ । यसक्रममा आइपरेका कठिनाइहरु हल गर्न मेरो निष्पक्ष भूमिका रहने छ । आफैले बनाउनु भएको विधि पालना गर्नका लागि यहाँहरुको पनि महत्वपूर्ण भूमिका रहनेछ भन्नेमा म विश्वस्त छु ।

यस सदनमा केही पुराना र अनुभवी सदस्यहरु हुनुहुन्छ भने धेरै नयाँं र युवा हुनुहुन्छ । नयाँको रचनात्मक सोच, जागर र पुरानाको अनुभवलाई मिश्रण गर्ने थलोको रुपमा यो गरिमामय संसद् संचालन हुने कुरामा म विश्वस्त छु । यहाँहरुलाई यो पनि अनुरोध गर्दछु कि राज्यको व्यवस्थापकीय अंगको रुपमा रहेको यो सदनले देशको संघीय ऐन कानूनको निर्माण गर्ने दायित्व निर्वाह गर्ने अभिभारा सुम्पिएको अवस्थामा, कतिपय कानुनहरु पुराना छन्, कति निष्कृय छन् त कति एक आपसमा बाझिएका छन् । तसर्थ, नयाँ कानुन निर्माण गर्नु भन्दा पहिला हाल विद्यमान ऐन कानूनको गम्भीर समीक्षा र पुनरावलोकन गरी कुन—कुन कानुन खारेज गर्ने, कुन—कुन कानुनलाई एकीकृत गर्ने भन्ने अध्ययन पुनरावलोकन सहित आवश्यकता अनुसार नयाँ कानूनको निर्मार्णमा जुट्नका लागि आग्रह गर्दछु ।

हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका छन् । हामीलाई उहाँहरुले निर्वाचित गराएर पठाउनु भएपछि हाम्रो पहिलो दायित्व उहाँहरुप्रति नै रहने छ । सबै भूगोल, जातजाति, भाषा र धर्मावलम्वीहरुको साझा प्रतिनिधिमुलक यस संघीय संसदको प्रतिनिधिसभाका हरेक कामकारवाही जनताको विषय बन्नु पर्दछ । हरेक नेपाली नागरिकले संसदमा हुने छलफल र यहाँका गतिविधिमा आफ्नो सहभागिता रहेको महसुस गर्ने गरी हामीले काम गर्नु पर्नेछ । संसदलाई नीतिगत बहस, संवाद र समाधानको प्रभावकारी थलो बनाउनु हाम्रो साझा कर्तव्य हो ।

सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने कुरामा यहाँहरु समक्ष प्रतिबद्धता जाहेर गर्दछु । संसदमा सबै माननीय सदस्यदहरुको भूमिका बराबर हुन्छ र हुनु पर्दछ, यहाँहरु जनताको प्रतिनिधित्व गरेर आउनु भएकोले कुनै पनि सदस्यलाई दलगत सहभागिताकाका आधारमा भेदभाव हुने छैन भन्ने स्पष्ट पार्दछु । संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा मेरो अहंम भूमिका रहने छ । संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष रहने हुन्छ, यस कार्यको लागि संसद एक खुल्ला विश्वविद्यालय सरह रहने कुरा व्यक्त गर्दछु । सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भुमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सवै माननीयहरुको बराबरी भूमिका रहने हुन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र प्रचलित कानुनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालन हुने छ। संविधान र प्रचलित कानूनको अधिनमा रही राजनीतिक दलहरुसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्दछु । देशमा सुसाशन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सृजनाका लागि आवश्यक कानून बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरुलाई रचनात्मक सहयोग र सहभागिताको लागि हार्दिक आग्रह गर्दछु ।

म कुनै राजनीतिक दलमा आबद्ध भएर नै निर्वाचित प्रतिनिधि सभा सदस्यको हैसियतमा  यस गरिमामय सभाको सभामुख पदको जिम्मेवारीमा आइपुगेको हुँ । विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन । सवै सदस्यहरु मेरा लागि बरावर हुनुहुन्छ र यस गरिमामय सभावाट प्राप्त सवैको सुझावलाई तटष्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ । सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्र यस गरिमामय सभा र सदस्यहरुको ओज बढ्दछ भन्ने कुरामा म विश्वास दिलाउँछु । संख्याकै आधारमा कुनै भेदभाव हुँदैन र हुने छैन पनि । यहाँहरु सबैबाट सभा संचालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्दछु । माननीय सदस्यहरुको यो सक्रिय सहभागिता र हालसम्म सभाको अध्यक्षता गर्नु भएका माननीय अर्जुन नरसिंह के.सी. प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
(सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विचार
रास्वपाका युधिष्ठिर बने देशको सभामुख

रास्वपाका युधिष्ठिर बने देशको सभामुख

प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी रास्वपाका धर्म र सत्यका मानक अर्थात युधिष्ठिर हुुन् ।
झुप्रा खोलाको वादी बस्तीदेखि मन्त्रीको कुर्सीसम्म

झुप्रा खोलाको वादी बस्तीदेखि मन्त्रीको कुर्सीसम्म

उनी केहीबेर भक्कानिइन् र आफूले आफैँलाई सम्हालिन् । यो आँशुमा बाल्यकालमा भोगेको उत्पीडन र संघर्षपछि प्राप्त प्रतिफलको खुशी दुवैको मिश्रण थियो । सीताको पृष्ठभूमि कुनै सिनेमाको कल्पित प्लटभन्दा...
एक्सन ओरियन्टेड गृहमन्त्री सुधन गुरुङः  सेवा भावले समाजसँग जोड्यो, समाजसेवाले राजनीतिमा

एक्सन ओरियन्टेड गृहमन्त्री सुधन गुरुङः  सेवा भावले समाजसँग जोड्यो, समाजसेवाले राजनीतिमा

रास्वपा नेतृत्वले उनै सुधन गुरुङलाई चैत १३ गते बिहान गृहमन्त्री बनाउने निर्णय गर्यो । दिउँसो सुधनले शपथ लिए । जब सुधन गृहमन्त्री नियुक्त भए– अन्य दलका मात्रै होइन,...