नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् फेरबदल

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाउने भएको छ । सत्ता सम्हालेको एक वर्षसम्म उल्लेख्य उपलब्धी हासिल हुन  नसकेपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका कमजोर कार्यसम्पादन भएका मन्त्रीहरु फिर्ता बोलाउने रणनीति बनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी निकट स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फिर्ता हुनेको पहिलो नम्बरमा छन् । सुन तस्करी तथा विमानस्थल सेटिङ रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रचण्ड उनीमाथि रुष्ट छन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीलाई नै विवादमा तानेको भन्दै माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । 

सरकार र पार्टीलाई पटक पटक विवादमा पार्ने काम भएको र सत्ता गठबन्धनमा पनि असर पुग्ने गतिविधी भएपछि श्रेष्ठलाई फिर्ता बोलाउन पार्टीपंक्ति तयार भएको छ । माओवादी उच्च स्रोतले भन्यो, ‘एकदुई दिन भित्रै यसबारे निर्णय हुने छ।’

गृहमन्त्रालयमा नेपाली कांग्रेसले रुची देखाएका कारण पनि उपप्रधानमन्त्री श्रेष्ठ फिर्ता बोलाइने सूचीमा परेका हुन् । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण लगायतलाई मुछेपछि श्रेष्ठविरुद्ध सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस पनि रुष्ट छ । 

बरु अर्थमन्त्रालय माओवादीलाई दिएर गृह मन्त्रालय कांग्रेसले चलाउनेगरि सत्ता गठबन्धनमा कांग्रेसबाट प्रस्ताव आएको उच्च स्रोतको दाबी छ । बरु अर्थमन्त्रालय छोडेर गृहमन्त्रालय लिने बारे कांग्रेसले माओवादीलाई प्रस्ताव गरेको छ । कांग्रेस उच्चस्रोत भन्छ ‘माओवादीले अर्थमन्त्रालयका लागि उमेद्वार तय गरे गृहमन्त्रालय हाम्रो भागमा पर्ने निश्चित छ ।’

२०७९ चैत १७ गते नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट गृहमन्त्रालय सरुवा भएका थिए । करिब ९ महिना गृहमन्त्रालयको नेतृत्व सम्हालेका श्रेष्ठले उल्लेख्य नतिजा भने देखाउन सकेका छैनन् । श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानमा राजनीतिक संलग्नता खुल्ने भएपछि प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले गरिरहेको फाइल जबरजस्ती प्रहरीमा पुर्याएका थिए । 

यस्तै व्यक्ति हत्यामा संलग्न रिगल भनिने योगराज ढकालको माफी मिनाहको निर्णय गराएर सरकारदेखि राष्ट्रपतिसम्मलाई विवादमा तानेको भन्दै श्रेष्ठ आलोचित छन् । 

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...