नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् फेरबदल

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाउने भएको छ । सत्ता सम्हालेको एक वर्षसम्म उल्लेख्य उपलब्धी हासिल हुन  नसकेपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका कमजोर कार्यसम्पादन भएका मन्त्रीहरु फिर्ता बोलाउने रणनीति बनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी निकट स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फिर्ता हुनेको पहिलो नम्बरमा छन् । सुन तस्करी तथा विमानस्थल सेटिङ रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रचण्ड उनीमाथि रुष्ट छन् । 

Extreme Energy

प्रधानमन्त्रीलाई नै विवादमा तानेको भन्दै माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । 

सरकार र पार्टीलाई पटक पटक विवादमा पार्ने काम भएको र सत्ता गठबन्धनमा पनि असर पुग्ने गतिविधी भएपछि श्रेष्ठलाई फिर्ता बोलाउन पार्टीपंक्ति तयार भएको छ । माओवादी उच्च स्रोतले भन्यो, ‘एकदुई दिन भित्रै यसबारे निर्णय हुने छ।’

गृहमन्त्रालयमा नेपाली कांग्रेसले रुची देखाएका कारण पनि उपप्रधानमन्त्री श्रेष्ठ फिर्ता बोलाइने सूचीमा परेका हुन् । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण लगायतलाई मुछेपछि श्रेष्ठविरुद्ध सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस पनि रुष्ट छ । 

बरु अर्थमन्त्रालय माओवादीलाई दिएर गृह मन्त्रालय कांग्रेसले चलाउनेगरि सत्ता गठबन्धनमा कांग्रेसबाट प्रस्ताव आएको उच्च स्रोतको दाबी छ । बरु अर्थमन्त्रालय छोडेर गृहमन्त्रालय लिने बारे कांग्रेसले माओवादीलाई प्रस्ताव गरेको छ । कांग्रेस उच्चस्रोत भन्छ ‘माओवादीले अर्थमन्त्रालयका लागि उमेद्वार तय गरे गृहमन्त्रालय हाम्रो भागमा पर्ने निश्चित छ ।’

२०७९ चैत १७ गते नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट गृहमन्त्रालय सरुवा भएका थिए । करिब ९ महिना गृहमन्त्रालयको नेतृत्व सम्हालेका श्रेष्ठले उल्लेख्य नतिजा भने देखाउन सकेका छैनन् । श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धानमा राजनीतिक संलग्नता खुल्ने भएपछि प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले गरिरहेको फाइल जबरजस्ती प्रहरीमा पुर्याएका थिए । 

यस्तै व्यक्ति हत्यामा संलग्न रिगल भनिने योगराज ढकालको माफी मिनाहको निर्णय गराएर सरकारदेखि राष्ट्रपतिसम्मलाई विवादमा तानेको भन्दै श्रेष्ठ आलोचित छन् । 

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...

भर्खरै