नेभिगेशन
सबै कुरा
दोस्रो सार्वजनिक सुनुवाई :

रविले चितवनमा भने: सहारा होस् वा बेसहारा, सम्पूर्ण सहकारीको विरुद्ध तपाईँ थाके पनि हामी लड्नेछौँ

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सम्पूर्ण बचतकर्ताको बचत फिर्ता ल्याउनका लागि हरदम लडिरहने बताएका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार चितवनमा भएको दोस्रो सार्वजनिक सुनुवाईमा उपस्थित भएका नागरिकको जवाफ दिँदै उनले सहकारीविरुद्धको लडाइँमा नागरिक थाकेपनि रास्वपमा अनि आफू कहिल्यै नथाक्ने बताएका छन् । 

Ncell
Extreme Energy

उनले चितवनको सहारा सहकारीले आफूहरुको बचत रकम डुबाएको पीडितहरुको गुनासोमा आफूले संचारकर्मीका रुपमा केही सेयर लिएर काम गरेको संचार संस्थाका अध्यक्षले बदमासी गरेको गुनासोपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी हुनुपूर्व आफूले स्वमंलाई सम्पर्क गराइदिएर एकपटक हैन धेरैपटक नागरिककै अगाडी कुरा गराइदिएको बताएका छन् । 

यदि उनले नागरिककाे बचत डुबाएका हुन् भने उनलाई कारबाही गर्ने दायित्व सरकारसँग भएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।

''पछिल्लो समय सरकारले पक्राउ पूर्जी जारी गरिरहेको, रोड नोटिस जारी गर्न लागिरहेको परिवेक्षमा यदि कसैले रोकिरहेको छ भने त्यो शक्ति भएकाले मात्र रोक्न सक्छ र त्यो सरकारमा मात्र छ । यदि पक्राउ गरिरहेको छैन भने त्यो सरकारले पक्राउ गरिरहेको छैन, प्रशासनले पक्राउ गरिरहेको छैन ।'', उनले थपे, ''म प्रतिपक्षमा छु र म यहिँबाट तपाईँको प्रश्नको सम्बोधन गर्दै बताउन चाहान्छु, सरकार जति पनि बचतकर्ताहरुको समस्या परको छ । त्यसलाई गम्भिरतापूर्वक लिएर कुनै पनि सहकारीले अपचलन गरेको र बचतकर्तालाई डुबाएको यो परिस्थितिमा कठोर भन्दा कठोर कदम चालेर उनीहरुको बचत फिर्ता गरिदिनका  लागि सरकारलाई काम गर्नका लागि म यहिँबाट अनुरोध गर्न चाहान्छु ।''

त्यस्तै सरकारले सम्पूर्ण सहकारीबाट पीडित बनेकाहरुबाट अध्ययन गरेर अपचलन गर्नेलाई कारबाही गरि फिर्ता ल्याउन नसक्ने हो भने त्यसलाई रास्वपाले सघाउने बताएका छन् । 

''सरकारले सक्दैन, सरकारमा भएका माननीय अर्थमन्त्रीज्यूसँग त्यो तागत, त्यो मुटु, त्यो ल्याकत, त्यो अध्ययन, त्यो क्षमता, त्यो प्लानिङ, त्यो टिम छैन भने रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सरकारलाई दिने गरी एक प्रतिवेदन सरकारलाई केही हप्तामा बुझाउँदै छ । आगामी सदनको सुरुवातदेखि नै रास्वपाको मिसन ८० मध्येको एउटा मिसन ८० सम्पूर्ण बचतकर्ताहरुको, सहारा होस बेसहारा होस्, स्वर्णलक्ष्मी होस वा अष्टलक्ष्मी होस्, यो उ नभनिकन सबैभन्दा चर्को आवाज र प्रतिबद्धता हामी व्यक्त गर्न चाहान्छौँ । '' उनले भनेका छन् ।

त्यस्तै उनले कुनै पनि गलत गतिविधि र प्रवृति भएकालाई आफूले कहिल्यै सहयोग नगरेको र नगर्ने समेत जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

भर्खरै