नेभिगेशन
समाज

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन, अनियमितता तुरुन्त सुधार गर्न निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छिन् । 

बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी  पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् ।  बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरलगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुइदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, माछा पसलमा पनि उस्तै प्रवृत्ति देखिएको मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण गरिन् । निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्। साथै, उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

मेडिकल व्यवसायी प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार...
जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा...