नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६८ वटा दरबन्दी अनावश्यक भएको भन्दै हटाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।

Extreme Energy

प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा सचिवालय रहेको विभिन्न दरबन्दी हटाइएको हो ।

शर्माले भनिन् ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

 यो सँगै प्रधानमन्त्रीले सचिवालयमा नियुक्त गरेका निजी स्वकीय सचिव देखि स्वकीय उपसचिवहरू समेत बालुवाटारबाट बिदा हुनु पर्ने छ ।

एक वर्षे कार्यकालमा प्रधानमन्त्री कार्यालयको कार्यशैलीको आलोचना भएपछि प्रधानमन्त्रीले कार्यालयको संरचना हेरफेर गर्ने  बताएका थिए । प्रधानमन्त्रीकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालका विषयमा आलोचना हुने गरेको भएपनि उनलाई यथावता राखेर अन्य नियुक्ती हटाउने निर्णय गरेका हुन् । 


आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...

भर्खरै