नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६८ वटा दरबन्दी अनावश्यक भएको भन्दै हटाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा सचिवालय रहेको विभिन्न दरबन्दी हटाइएको हो ।

शर्माले भनिन् ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं ।’

 यो सँगै प्रधानमन्त्रीले सचिवालयमा नियुक्त गरेका निजी स्वकीय सचिव देखि स्वकीय उपसचिवहरू समेत बालुवाटारबाट बिदा हुनु पर्ने छ ।

एक वर्षे कार्यकालमा प्रधानमन्त्री कार्यालयको कार्यशैलीको आलोचना भएपछि प्रधानमन्त्रीले कार्यालयको संरचना हेरफेर गर्ने  बताएका थिए । प्रधानमन्त्रीकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालका विषयमा आलोचना हुने गरेको भएपनि उनलाई यथावता राखेर अन्य नियुक्ती हटाउने निर्णय गरेका हुन् । 


आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।