नेभिगेशन
सबै कुरा

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्। कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौँडामा शुक्रबार पत्रकार सम्मलेनमा मुख्यमन्त्री कार्कीले चाँडै नै प्रदेशमा रहेका दलको सहमतिमा कोशी प्रदेश सरकारले पूर्णता पाउने जानकारी गराए । केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाई छ ।

Ncell
Extreme Energy

सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए। सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सङ्घीय सरकार र सांसद लोकप्रियताका लागि जिम्मेवारीभन्दा बाहिरका काममा केन्द्रित भइरहेको उनले आरोप लगाए ।

सङ्घीयताले आमनागरिकको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकालाई सङ्घीय सांसदले संसद्बाट अनुमोदन गर्नुपर्ने भए पनि त्यसो हुन नसक्दा वर्तमान व्यवस्थामाथि नै धावा बोल्नेको भीड बढ्न थालेको उनले बताए । सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाव दिएर प्रदेश सरकारले संविधानले व्यवस्था गरेको अधिकार खोसेर लिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए । यसका लागि हेटौँडामा छलफल भइरहेको र छलफलले सङ्घीय सरकार र संसद्लाई दबावमूलक सन्देश प्रवाह हुने उनको भनाइ छ ।

सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनले बताए। “कोशी प्रदेशले केही हदसम्म त्यसलाई दबाव दिने र अधिकार लिने काम भएको छ । हेटौँडामा भइरहेको तहगत अधिकारको विस्तृतीकरणले फरक शैलीबाट अघि बढ्ने निर्णय गर्ने उहाँको विश्वास छ । जसले सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाव दिएर अधिकार विकेन्द्रीकरणका लागि घच्घच्याउने काम गर्नेछ”, उनले भने ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...