नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

‘बालकुमारी घटना एउटा अप्रिय दुर्घटना’ : भौतिक मन्त्री प्रकाश ज्वाला

काठमाडाैँ । शुक्रबार भएको बालकुमारी घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटाले दुखः व्यक्त गरेका छन् । घटनाबारे सिधाकुरासंग संक्षिप्त  कुराकानी गर्दै मन्त्री ज्वालाले बालकुमारीको शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भएको र यसले आफूलाई स्तब्ध बनाएको मन्त्री ज्वालाले बताए । उनले घटनामा ज्यान गुमाएकाहरुप्रति  दुःख  व्यक्त  गर्दै  घाइतेहरुको शिघ्र  स्वास्थ्य  लाभको कामना  गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले पार्टी केन्द्रिय कमिटिको बैठक रहेको बेला आफूले आफ्नो गाडी जलेको थाहा पाएको बताए । आफू र आफ्नो मन्त्रालय उक्त घटनामा संलग्न नरहेको  पनि  उनले  प्रष्ट्याए । गाडीमा रहेको आफ्नो ल्यापटपसहितका कागजात जलेको मन्त्री ज्वालाको भनाई छ ।  

Extreme Energy

‘मलाई पनि थाहा थिएन,सुरक्षाकर्मी साथीहरुलाई पनि त्यहाँ आन्दोलन भइरहेको थाहा थिएन  । गाडीले मलाई कार्यक्रममा छोडेर सिंहदरबारतर्फ गइरहेको थियो,’ उनले भने, ‘शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भयो ।  यसले मलाई स्तब्ध बनाएको  छ  । गाडीमा कागजातका साथै ल्यापटप थियो सबै जलेछ ।’

उक्त घटनामा केही युवाको  निधन र घाइते भएको खबरले आफूलाई दुखित बनाएको उनले बताए । ‘रोजगारी नपाएर काम खोज्दै विदेश जान खोज्ने युवाहरुको यो  आक्रोश  र 

 मृत्यु भएको खबरले मलाई दुखित बनाएको छ,’ उनले सिधाकुरासंग भने ।        

शुक्रबार  शीप बिल्डिङ भाषा परीक्षामा सहभागी भएका युवाहरुले आफूहरुले पुनः भाषा परीक्षामा  सहभागी हुन पाउनुपर्ने मागसहित ललितपुरको बालकुमारी क्षेत्रमा सडक ठप्प पारेर आन्दोलनमा उत्रिएका युवा र प्रहरी बीचको झडपमा परी २  जनाको मृत्यु भइसकेको छ । झडपमा मन्त्रीलाई पार्टी बैठकमा छोडेर सिंहदरबार फर्कँदै गरेको बा २ झ ५८६१ नम्बरको सरकारी गाडी जलेको  थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...

भर्खरै