नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

‘बालकुमारी घटना एउटा अप्रिय दुर्घटना’ : भौतिक मन्त्री प्रकाश ज्वाला

काठमाडाैँ । शुक्रबार भएको बालकुमारी घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटाले दुखः व्यक्त गरेका छन् । घटनाबारे सिधाकुरासंग संक्षिप्त  कुराकानी गर्दै मन्त्री ज्वालाले बालकुमारीको शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भएको र यसले आफूलाई स्तब्ध बनाएको मन्त्री ज्वालाले बताए । उनले घटनामा ज्यान गुमाएकाहरुप्रति  दुःख  व्यक्त  गर्दै  घाइतेहरुको शिघ्र  स्वास्थ्य  लाभको कामना  गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले पार्टी केन्द्रिय कमिटिको बैठक रहेको बेला आफूले आफ्नो गाडी जलेको थाहा पाएको बताए । आफू र आफ्नो मन्त्रालय उक्त घटनामा संलग्न नरहेको  पनि  उनले  प्रष्ट्याए । गाडीमा रहेको आफ्नो ल्यापटपसहितका कागजात जलेको मन्त्री ज्वालाको भनाई छ ।  

Ncell
Extreme Energy

‘मलाई पनि थाहा थिएन,सुरक्षाकर्मी साथीहरुलाई पनि त्यहाँ आन्दोलन भइरहेको थाहा थिएन  । गाडीले मलाई कार्यक्रममा छोडेर सिंहदरबारतर्फ गइरहेको थियो,’ उनले भने, ‘शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भयो ।  यसले मलाई स्तब्ध बनाएको  छ  । गाडीमा कागजातका साथै ल्यापटप थियो सबै जलेछ ।’

उक्त घटनामा केही युवाको  निधन र घाइते भएको खबरले आफूलाई दुखित बनाएको उनले बताए । ‘रोजगारी नपाएर काम खोज्दै विदेश जान खोज्ने युवाहरुको यो  आक्रोश  र 

 मृत्यु भएको खबरले मलाई दुखित बनाएको छ,’ उनले सिधाकुरासंग भने ।        

शुक्रबार  शीप बिल्डिङ भाषा परीक्षामा सहभागी भएका युवाहरुले आफूहरुले पुनः भाषा परीक्षामा  सहभागी हुन पाउनुपर्ने मागसहित ललितपुरको बालकुमारी क्षेत्रमा सडक ठप्प पारेर आन्दोलनमा उत्रिएका युवा र प्रहरी बीचको झडपमा परी २  जनाको मृत्यु भइसकेको छ । झडपमा मन्त्रीलाई पार्टी बैठकमा छोडेर सिंहदरबार फर्कँदै गरेको बा २ झ ५८६१ नम्बरको सरकारी गाडी जलेको  थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।