नेभिगेशन
सबै कुरा

बालकुमारी घटनाबारे रवि लामिछानेले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता पुनः उदाङ्गो भएको बताएका छन्  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाहरुले देश छोड्न खोजेको तर सरकारले संसारनै छोड्नु पर्ने बनाइदिएको बताएका छन् । ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।’, उनले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले बालकुमारीमा भएको घटनामा सत्तामा भएका दलका नेताले समवेदना दिएर हैन समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’

सभापति लामिछानेले ज्यान गुमाउनेको क्षतिपूर्ति केही गरे पनि पूर्ताल नहुने भएतापनि सरकारले परिवारलाई राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

शुक्रबार शीप बिल्डिङ भाषा परीक्षामा सहभागी भएका युवाहरुले आफूहरुले पुनः भाषा परीक्षामा  सहभागी हुन पाउनुपर्ने मागसहित ललितपुरको बालकुमारी क्षेत्रमा सडक ठप्प पारेर आन्दोलनमा उत्रिएका युवा र प्रहरी बीचको झडपमा परी २ जनाको मृत्यु भइसकेको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।