नेभिगेशन
सबै कुरा

सांसद तोसिमा कार्कीले मागिन् गृहमन्त्रीको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बालकुमारी घटनामा गृह प्रशासनको भूमिका कमजोर देखिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद कार्कीले कोरियन भाषा परिक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गएपछि गृहमन्त्री श्रेष्ठले कुर्सीमा बस्ने नैतिकता गुमाएको बताएकी हुन । उनले भनिन्, ‘गृहमन्त्री र प्रहरी प्रमुखको आदेश बिना गोली चल्दैन, तर बालकुमारी गोली चलेर दुई युवाको मृत्यु भयो ’।

Ncell
Extreme Energy


सांसद कार्कीले  गृहमन्त्री मातहतकै निकायको छानबिन समिति माथि पनि प्रश्न उठाएकी छिन् । गोली हान्न आदेश दिने र गोली हान्ने संयन्त्र गृहमन्त्री मातहतकै भएकाले गृहमन्त्रालयले बनाएको छानबिन समिति रास्वपालाई मान्य नभएको उनले बताएकी हुन् । 

सा‌सद कार्कीले प्रहरीले भिड नियन्त्रण गर्न अपनाउनु पर्ने विकल्पहरु नखोजी गोली चलाएको दाबी  गरिन् । उनले घटनास्थलमा खटिएका प्रहरी र गोली हान्न आदेश दिनेलाई समेत छानबिनको दायर ल्याउन माग गरिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...