नेभिगेशन
सबै कुरा

सांसद तोसिमा कार्कीले मागिन् गृहमन्त्रीको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बालकुमारी घटनामा गृह प्रशासनको भूमिका कमजोर देखिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद कार्कीले कोरियन भाषा परिक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गएपछि गृहमन्त्री श्रेष्ठले कुर्सीमा बस्ने नैतिकता गुमाएको बताएकी हुन । उनले भनिन्, ‘गृहमन्त्री र प्रहरी प्रमुखको आदेश बिना गोली चल्दैन, तर बालकुमारी गोली चलेर दुई युवाको मृत्यु भयो ’।

Ncell
Extreme Energy


सांसद कार्कीले  गृहमन्त्री मातहतकै निकायको छानबिन समिति माथि पनि प्रश्न उठाएकी छिन् । गोली हान्न आदेश दिने र गोली हान्ने संयन्त्र गृहमन्त्री मातहतकै भएकाले गृहमन्त्रालयले बनाएको छानबिन समिति रास्वपालाई मान्य नभएको उनले बताएकी हुन् । 

सा‌सद कार्कीले प्रहरीले भिड नियन्त्रण गर्न अपनाउनु पर्ने विकल्पहरु नखोजी गोली चलाएको दाबी  गरिन् । उनले घटनास्थलमा खटिएका प्रहरी र गोली हान्न आदेश दिनेलाई समेत छानबिनको दायर ल्याउन माग गरिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।