नेभिगेशन
सबै कुरा

रास्वपाको प्रश्नः प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो । रास्वपाले प्रधानमन्त्री र गृहमन्त्रीलाई केही प्रश्न पनि गरेको छ ।

Ncell
Extreme Energy

रास्वपाले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरु 

१) रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?

२) प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?

३) सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो प्रधानमन्त्रीज्यू?

४) जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू?

५) मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू?

६) सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू ?

७) गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू?

८) निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार?

९) भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी?

१०) इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि!

गृहमन्त्रीलाई सोधेको प्रश्नहरु:

१) हिजोको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू ? जवाफ चाहियो ।

२) दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

३) आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू? जवाफ चाहियो ।

४) आन्दोलन हुँदैछ भन्ने थाहा हुँदा हुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी  प्रशासनले किन त्यो बाटोबाट पठायो गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

५) तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यही निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो गृहमन्त्रीज्यू?  जवाफ चाहियो।

६) ज्यान लिनेलाईं निलम्बन मात्रै फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।