नेभिगेशन
सबै कुरा

राज्यव्यवस्था समितिमा सांसदले मागे गृहमन्त्रीको राजिनामा, 'तपाईँले राजिनामा नदिए कसले दिन्छ!'

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालकुमारी घटनामा गृहमन्त्री चुकेको बताउँदै सांसद राईले छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

Ncell
Extreme Energy

राईले भने 'घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि ग‍र्यो । अब यसो गरौँ, मन्त्री ज्यू तपाई राजीनामा दिनुस् ।

सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि  विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?'

छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

उनले भने तपाईँले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...