नेभिगेशन
समाज

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।  

Ncell
Extreme Energy

आजको कारोबारमा बैंकिङ शून्य दशमलवशून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बीमा शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव ५२, निर्जीवन बिमा शून्य दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९७ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।