नेभिगेशन
सबै कुरा

गृह प्रशासनले दुई युवाको हत्या गर्यो, मन्त्रीहरु नैतिकताहिन भए: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनामा गृह प्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा  जारी राज्य व्यवस्था तथा सुशासन  समितिको बैठकमा लामिछानले गृह मन्त्रालयको नेतृत्वमा देखिएको कमजोरीले रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताए ।

Extreme Energy

लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’

लामिछानेले भने ‘सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ ।’

लामिछानेले पुर्वाधार मन्त्री प्रकाश ज्वाला माथि पनि प्रश्न उठाए । उनले घटनाको विषयमा ढाँटेको रविको गुनासो थियो । बालकुमारी घटनामा प्रहरीको गोली लागेर अछामको विरेन्द्र शाह र प्रहारबाट दैलेखका सुजन रावतको ज्यान गएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...

भर्खरै