नेभिगेशन
सबै कुरा

गृह प्रशासनले दुई युवाको हत्या गर्यो, मन्त्रीहरु नैतिकताहिन भए: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनामा गृह प्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा  जारी राज्य व्यवस्था तथा सुशासन  समितिको बैठकमा लामिछानले गृह मन्त्रालयको नेतृत्वमा देखिएको कमजोरीले रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गरेको बताए ।

Extreme Energy
citizen life

लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गर्दै भने, ‘साढे २ हजार भिडलाई नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भिरतापूर्वक लिँदैन । तपाईंहरू अहिलेसम्म गोली कतिबेला चलेको भन्नेमा स्पष्ट हुनुहुन्न । मन्त्रीज्यू निस्केपछि गोली चलेको कि पहिला चलेको तपाईंहरूले गोलमोटल जवाफ दिनुभएको छ । नैतिकताको कुरा यहाँ नगरौं । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस गर्दिनँ । त्यो भेटिँदैन । म त्यता जान चाहन्न ।’

लामिछानेले भने ‘सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ? कानूनले के भन्छ ? तपाईंहरूले जहिले पनि सानो दर्जाको कर्मचारीलाई बलि चढाउने काम गर्नुभएको छ ।’

लामिछानेले पुर्वाधार मन्त्री प्रकाश ज्वाला माथि पनि प्रश्न उठाए । उनले घटनाको विषयमा ढाँटेको रविको गुनासो थियो । बालकुमारी घटनामा प्रहरीको गोली लागेर अछामको विरेन्द्र शाह र प्रहारबाट दैलेखका सुजन रावतको ज्यान गएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदलाई बालेनको उपेक्षा कि विपक्षीको ढिपी ?

संसदलाई बालेनको उपेक्षा कि विपक्षीको ढिपी ?

पहिलो बैठक पन्ध्र मिनेटका लागि स्थगित गरेका सभामुख डीपी अर्यालले त्यसबीचमा विपक्षी दलका सांसदहरुसँग छलफल गरे । केही समयपछि फेरि बैठक सुरु भयो । सल्लाहअनुसार नै अर्थमन्त्री स्वर्णिम...
सरसफाइ सप्ताहमा सहभागी सभामुख डिपी अर्याल(तस्बिरहरु)

सरसफाइ सप्ताहमा सहभागी सभामुख डिपी अर्याल(तस्बिरहरु)

उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका माननीय उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो।
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार पुनर्गठन गरेका हुन्।
१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुचारु

१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुचारु

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षदलले निरन्तर अवरोध गरिरहेको छ ।