नेभिगेशन
समाज

तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार  र चाँदी रु ३५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो  । गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो ।

Ncell
Extreme Energy

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।