नेभिगेशन
समाज

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले मेयर सिंहसहित ४ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिल कार्यालय पर्साका सूचना अधिकारी अनन्तराज न्यौपानेले मेयर सिंहलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको जानकारी दिए ।

Extreme Energy

त्यस्तै, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले पनि लिखत किर्तेमा २ र नागरिकता किर्तेमा २ गरी चार वटा मुद्दा दायर भएको जानकारी दिए । ‘केही परिवर्तित नाम छन्’ उनले भने ‘मुद्दामा मेयर र वडाध्यक्षलाई पनि प्रतिवादी बनाइएको छ।’

लिखत किर्तेसम्बन्धी एउटा मुद्दामा वडाध्यक्ष भिखारी राय यादवलाई पनि  प्रतिवादी बनाइएको मल्लिकले जानकारी दिए ।

वीरगञ्ज छपकैया निवासी लियाकत मियाँले २०८० माघमा नै यसबारेमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएका थिए । तर, प्रहरीले उक्त उजुरीमा अनुसन्धान नै नगरेपछि मियाँले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिए । उनको निवेदनका आधारमा गत पुस १४ गते आवश्यक अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।

सोही परमादेशका आधारमा आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनको अधारमा सरकारी वकिलको कार्यालय पर्साले ४ वटा मुद्दा दायर गरेको सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ ।

मेयर सिंहविरुद्ध उजुरी दर्ता हुँदा कोमल साह पर्सा प्रहरी प्रमुख थिए । त्यसपछि कुमोद ढुंगेल र गौतम मिश्र पनि पर्सा प्रहरी प्रमुख बने । अहिले प्रहरी उपरीक्षक सुदीपराज पाठक पर्सा प्रहरी प्रमुख छन् ।

२०८० पुसमा पत्रकार जियालाल साहले मेयर सिंह जोडिएको नागरिकता किर्ते प्रकरण सार्वजनिक गरेका थिए । 

यस्ताे थियाे प्रकरण:

EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई भोटेकोशी विपत्ति सुनाउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना

संसारलाई भोटेकोशी विपत्ति सुनाउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना

नेपालले भोटेकोशी-त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ ।
कोप ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डा प्राथमिकतामाः शिशिर खनाल

कोप ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डा प्राथमिकतामाः शिशिर खनाल

बिहीबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा मन्त्री खनालले कोप ३१ मा पर्वतीय एजेन्डा, हानि र नोक्सानी, जलवायु वित्त र जलवायु न्यायको विषयलाई  प्राथमिकताका साथ उठाइने बताएका हुन्...
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।