नेभिगेशन
समाज

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले मेयर सिंहसहित ४ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिल कार्यालय पर्साका सूचना अधिकारी अनन्तराज न्यौपानेले मेयर सिंहलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको जानकारी दिए ।

Ncell
Extreme Energy

त्यस्तै, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले पनि लिखत किर्तेमा २ र नागरिकता किर्तेमा २ गरी चार वटा मुद्दा दायर भएको जानकारी दिए । ‘केही परिवर्तित नाम छन्’ उनले भने ‘मुद्दामा मेयर र वडाध्यक्षलाई पनि प्रतिवादी बनाइएको छ।’

लिखत किर्तेसम्बन्धी एउटा मुद्दामा वडाध्यक्ष भिखारी राय यादवलाई पनि  प्रतिवादी बनाइएको मल्लिकले जानकारी दिए ।

वीरगञ्ज छपकैया निवासी लियाकत मियाँले २०८० माघमा नै यसबारेमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएका थिए । तर, प्रहरीले उक्त उजुरीमा अनुसन्धान नै नगरेपछि मियाँले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिए । उनको निवेदनका आधारमा गत पुस १४ गते आवश्यक अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।

सोही परमादेशका आधारमा आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनको अधारमा सरकारी वकिलको कार्यालय पर्साले ४ वटा मुद्दा दायर गरेको सरकारी वकिलको कार्यालय पर्साले जनाएको छ ।

मेयर सिंहविरुद्ध उजुरी दर्ता हुँदा कोमल साह पर्सा प्रहरी प्रमुख थिए । त्यसपछि कुमोद ढुंगेल र गौतम मिश्र पनि पर्सा प्रहरी प्रमुख बने । अहिले प्रहरी उपरीक्षक सुदीपराज पाठक पर्सा प्रहरी प्रमुख छन् ।

२०८० पुसमा पत्रकार जियालाल साहले मेयर सिंह जोडिएको नागरिकता किर्ते प्रकरण सार्वजनिक गरेका थिए । 

यस्ताे थियाे प्रकरण:

EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै