नेभिगेशन
समाज

‘बिवाइडी’ गाडी भन्सार पासमा कुनै कैफियत भेटिएन, फुकुवा भए ६ सय ४९ वटा गाडी

मुस्ताङ ।  मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका  ती  सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ । कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोरलानाकाबाट  ती सबै विद्युतीय सवारीसाधनलाई साइमन ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो । ती सवारीसाधनको कैफियत रहे /नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो । 

Ncell
Extreme Energy

सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ२१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त  समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा  कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।
 
यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको छ ।

कैफियतको आशङ्कामा कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन दुई सातासम्म सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको थियो । कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा ती सवारी साधनलाई फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए ।
 
उनको अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ विद्युतीय सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ । जोमसोम बसपार्कमा अहिले २६६ विद्युतीय सवारीसाधनमध्ये ४३ मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ ।

यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारीमध्ये भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ लैजाने र भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तव्यतर्फ लैजान समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राहदानी विभागका महानिर्देशकसहित ४ जना अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशकसहित ४ जना अख्तियारको नियन्त्रणमा

अख्तियार स्रोतका अनुसार मंगलबार नियन्त्रणमा लिइएका महानिर्देशक अर्याल, विभागका अन्य दुई उच्च अधिकारी र एक व्यवसायीमाथि हिरासतमा राखेर बयान लिन सुरु गरिएको छ।
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...
कारगारभित्रै २ कैदीको हत्यामा संलग्न ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

कारगारभित्रै २ कैदीको हत्यामा संलग्न ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को...
प्रथम ऐतिहासिक महाधिवेशन : यस्तो छ रास्वपाको ८ वटा तयारी

प्रथम ऐतिहासिक महाधिवेशन : यस्तो छ रास्वपाको ८ वटा तयारी

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार अहिले तयारीका लागि मुख्यत ८ वटा कामहरु भइरहेको छ । पहिलो प्रतिनिधि छनोट अन्तिम चरणमा छ । 'प्रतिनिधि टुंगिने चरणमा छ,' महामन्त्री बुर्लाकोटीले भने ।...