नेभिगेशन
समाज

यस वर्ष असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले यस बर्ष असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा दहि चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब बराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादन बीचको अन्तर्सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए। उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई एसोसिएसनले निरन्तर उठाइरहेको समेत बताए ।

Ncell
Extreme Energy

अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दुधको उचित मूल्य, समयसँगै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यको अझ बढि आवश्यकता रहेको धारणा राख्नुभयो । नेपाली समाजमा हरेक बर्ष असार १५ गते दहीचिउरा खाने प्रचलन रहदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।