नेभिगेशन
सबै कुरा

डीडीसीको सूचनाः ‘केहीदिन लेबल नलेखी दुधका प्याकेट बजारमा आउन सक्छन्’

काठमाडौं । नेपालमा दुग्ध व्यवसायको सबै भन्दा ठूलो कारोबार गर्ने सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले एउटा गैह्र जिम्मेवार सूचना प्रकाशित गरेको छ । दैनिक हजाराैँ प्याकेट दुग्ध पदार्थ बिक्री गर्ने संस्थानले लेबल उल्लेख नगरी दुध बजारमा बिक्री हुन सक्ने सूचना प्रकाशित गरेको हो ।

संस्थानबाट उत्पादित दुधको प्याकेटमा लेबल उल्लेख गर्ने मेसिन बिग्रिएका कारण दुधको उत्पादन मिति, उपभोग अवधि, दुधको बनावट लगायतका महत्वपूर्ण सूचना प्याकेटमा उल्लेख गर्न नसकिएको संस्थानले जनाएको छ । 

CG

पुस १७ गते देखि उत्पादित हुने र १८ गतेदेखि बजारमा बजारीकरण हुने दुधका प्याकेटमा लेबल उल्लेख हुन नसकेको संस्थानको सूचनामा उल्लेख छ। उपभोक्ता संरक्षण ऐन र खाद्य ऐनले उपभोग्य मिति उल्लेख नगरी वस्तुको बिक्री वितरण गर्नुलाई दण्डनीय मानेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...