नेभिगेशन
सबै कुरा

डीडीसीको सूचनाः ‘केहीदिन लेबल नलेखी दुधका प्याकेट बजारमा आउन सक्छन्’

काठमाडौं । नेपालमा दुग्ध व्यवसायको सबै भन्दा ठूलो कारोबार गर्ने सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले एउटा गैह्र जिम्मेवार सूचना प्रकाशित गरेको छ । दैनिक हजाराैँ प्याकेट दुग्ध पदार्थ बिक्री गर्ने संस्थानले लेबल उल्लेख नगरी दुध बजारमा बिक्री हुन सक्ने सूचना प्रकाशित गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थानबाट उत्पादित दुधको प्याकेटमा लेबल उल्लेख गर्ने मेसिन बिग्रिएका कारण दुधको उत्पादन मिति, उपभोग अवधि, दुधको बनावट लगायतका महत्वपूर्ण सूचना प्याकेटमा उल्लेख गर्न नसकिएको संस्थानले जनाएको छ । 

Ncell
Extreme Energy

पुस १७ गते देखि उत्पादित हुने र १८ गतेदेखि बजारमा बजारीकरण हुने दुधका प्याकेटमा लेबल उल्लेख हुन नसकेको संस्थानको सूचनामा उल्लेख छ। उपभोक्ता संरक्षण ऐन र खाद्य ऐनले उपभोग्य मिति उल्लेख नगरी वस्तुको बिक्री वितरण गर्नुलाई दण्डनीय मानेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै