नेभिगेशन
समाज

रामेछापमा १२०० मेगावाटको जलाशय आयोजना अघि बढाउन तीन करोड बजेट

काठमाडौँ । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजनाको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको हो। प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा आयोजना सरकारी योजनामा समावेश भएको जनाइएको छ।

Marvel
Extreme Energy

आयोजनालाई शीघ्र अघि बढाउने विषयमा सभापति बुढाथोकीले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गरेका छन्। छलफलमा उनले विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न र आयोजनासम्बन्धी अध्ययन तथा अनुसन्धानलाई तीव्रता दिन आग्रह गरे।

त्यसैगरी, वातावरणीय प्रभाव मूल्याङ्कन, सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रियाका कार्यक्रम अघि बढाउन र आयोजना कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक पहल तथा सहजीकरण गर्न उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नरहने बहुउद्देश्यीय परियोजना हो। यसबाट विद्युत् उत्पादनसँगै सिँचाइ, खानेपानी आपूर्ति, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएमा रामेछापको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नुका साथै राष्ट्रिय ऊर्जा उत्पादन क्षमता बढाउन र लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सभापति बुढाथोकीले आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनसम्म पुर्‍याउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

तीन करोड रुपैयाँ विनियोजनसँगै आयोजना अघि बढाउने प्रारम्भिक प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ। यद्यपि, आयोजनाको वास्तविक निर्माण प्रक्रिया अघि बढाउन विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, लगानीको स्रोत सुनिश्चितता र निर्माणसम्बन्धी निर्णय आवश्यक हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विराटनगरमा एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने तयारी

विराटनगरमा एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने तयारी

विराटनगर महानगरपालिकाले १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणको अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारी थालेको छ।
तापक्रम वृद्धि १.५ डिग्री नाघ्ने जोखिम, गुटेरेसले भने– अब वार्षिक ६ प्रतिशत उत्सर्जन घटाउनुपर्छ

तापक्रम वृद्धि १.५ डिग्री नाघ्ने जोखिम, गुटेरेसले भने– अब वार्षिक ६ प्रतिशत उत्सर्जन घटाउनुपर्छ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन देखिए पनि जलवायु सङ्कटको अवधि र प्रभाव कम गर्न हरितगृह ग्यास...
छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

मिथिलाञ्चलसहित तराई–मधेसमा छठ पर्वको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार व्रतालुले ‘खरना’ विधि गर्दैछन्।
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति स्थापित गर्न दीर्घकालीन तयारी, अनुभवी वार्ता टोली र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्।