नेभिगेशन
समाज

पोखराका चार स्थानमा छठ पूजाको तयारी, १० हजार सहभागी हुने अपेक्षा

कास्की । पोखराका चार स्थानमा छठ पर्व मनाउन पूजा स्थल तयार पारिएको छ। तराई–मधेस समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा भव्य रूपमा मनाउने तयारी गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीस्थित माछापोखरी तथा फूलबारी र भलामको बीचमा रहेको कालीखोलामा छठ पूजाको तयारी गरिएको छ।

Marvel
Extreme Energy

चारवटै पूजास्थलको सरसफाइ गर्नुका साथै टेन्ट राख्ने, विभिन्न रङका बत्ती जडान गर्ने र सजावटको काम भइरहेको छ। व्रतालु तथा दर्शनार्थीका लागि पूजा र दर्शनको विशेष व्यवस्था मिलाइएको नेपाल–भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेशकुमारले जानकारी दिए।

रोजगारी, पेसा तथा व्यवसायका कारण पोखरामा बसोबास गर्दै आएका तराई–मधेस समुदायका व्यक्तिलाई छठ मनाउन आफ्नो घर जानुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले केही वर्षदेखि पोखरामै पूजाको व्यवस्था मिलाउँदै आएको उनले बताए।

‘छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ। यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ,’ उनले भने, ‘तराई–मधेस तथा भारतीय नागरिकसँगै पछिल्लो समय पहाडी क्षेत्रका व्यक्तिसमेत पूजामा सहभागी हुने गरेका छन्।’

यस वर्ष पोखरामा एक हजारदेखि एक हजार पाँच सयसम्म व्रतालुले छठ पूजा गर्ने र दर्शन तथा अवलोकनका लागि आउनेसहित करिब १० हजार जनाको सहभागिता हुने अपेक्षा गरिएको समितिका अध्यक्ष कुमारले बताए।

पूजालाई व्यवस्थित बनाउन चारवटै स्थानमा छुट्टाछुट्टै पूजा समिति गठन गरिएको छ। ती समितिले व्रतालु तथा सहभागीबाट स्वेच्छिक सहयोग सङ्कलन गरी पूजा व्यवस्थापन गर्दै आएका छन्।

छठ पर्वमा सूर्यदेव र छठी माताको उपासना गरिन्छ। यस पर्वमा व्रतालुले उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। परिवारको सुख, शान्ति र समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ छठ व्रत बस्ने गरिन्छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ।

यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ। छठका अवसरमा पूजास्थललाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तलालगायत फलफूलले सजाउने परम्परा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोपमा नेपालको कमजोर तयारी स्वीकार्दै परराष्ट्रमन्त्री खनाल, स्थायी वार्ता टोली बनाउनुपर्नेमा जोड

कोपमा नेपालको कमजोर तयारी स्वीकार्दै परराष्ट्रमन्त्री खनाल, स्थायी वार्ता टोली बनाउनुपर्नेमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति स्थापित गर्न दीर्घकालीन तयारी, अनुभवी वार्ता टोली र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्।
भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक करिब एक सयको संख्यामा जङ्गली हात्ती नेपाल प्रवेश गर्न थालेपछि झापाको मेचीनगरस्थित बाहुनडाँगीका बासिन्दाले सीमा क्षेत्रमा नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टर...
डलरको भाउ बढ्यो, युरो र पाउन्ड सस्तिए

डलरको भाउ बढ्यो, युरो र पाउन्ड सस्तिए

अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्डसहित केही प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

भर्खरै