नेभिगेशन
समाज

डलरको भाउ बढ्यो, युरो र पाउन्ड सस्तिए

काठमाडौँ । अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्डसहित केही प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकले शनिबार (२८ कात्तिक) का लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६ पैसा कायम भएको छ। शुक्रबार डलरको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो। यसअनुसार एक दिनमा डलरको खरिददर ३१ पैसा र बिक्रीदर २८ पैसा बढेको छ।

Marvel
Extreme Energy

युरोपियन युरो भने सस्तिएको छ। आज युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा छ। शुक्रबार यसको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा थियो। युरोको खरिद तथा बिक्रीदर दुवै १७ पैसाले घटेको छ।

बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि घटेको छ। आज एक पाउन्डको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा छ। अघिल्लो दिन यसको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो। यसअनुसार खरिददर १५ पैसा र बिक्रीदर १६ पैसा घटेको छ।

स्विस फ्र्याङ्कको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। शुक्रबार एक स्विस फ्र्याङ्कको बिक्रीदर १८१ रुपैयाँ २८ पैसा रहेकामा शनिबार १८० रुपैयाँ ५० पैसामा झरेको छ। यसमा ७८ पैसाको गिरावट आएको हो।

अस्ट्रेलियन डलरको मूल्य पनि घटेको छ। यसको बिक्रीदर शुक्रबार १०२ रुपैयाँ ९३ पैसा रहेकामा आज १०२ रुपैयाँ ६८ पैसा कायम भएको छ। यता क्यानेडियन डलरको बिक्रीदर भने १७ पैसाले बढेर १०५ रुपैयाँ ९६ पैसा पुगेको छ। सिंगापुर डलरको बिक्रीदर ४ पैसाले बढेर ११७ रुपैयाँ ३९ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा पुगेको छ। अघिल्लो दिन यसको बिक्रीदर ४० रुपैयाँ १८ पैसा थियो। कतारी रियालको बिक्रीदर ४१ रुपैयाँ ३७ पैसाबाट बढेर ४१ रुपैयाँ ४५ पैसा पुगेको छ।

युएई दिरामको बिक्रीदर पनि ४१ रुपैयाँ ५ पैसा बाट बढेर ४१ रुपैयाँ १४ पैसा पुगेको छ। मलेसियन रिङ्गेटको बिक्रीदर भने एक पैसा घटेर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ।

खाडी क्षेत्रका उच्च मूल्यका मुद्रामध्ये कुवेती दिनार एकको बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा पुगेको छ। शुक्रबार यसको बिक्रीदर ४८८ रुपैयाँ ५९ पैसा थियो। त्यस्तै बहराइन दिनारको बिक्रीदर ४०० रुपैयाँ ६१ पैसा र ओमानी रियालको ३९२ रुपैयाँ ४३ पैसा कायम भएको छ। यी दुवै मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ।

जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ ४५ पैसा र चिनियाँ युआन एकको नौ रुपैयाँ ६५ पैसा कायम भएको छ। दक्षिण कोरियाली वन १०० को बिक्रीदर ११ रुपैयाँ ३१ पैसा छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ। यसको विनिमयदरमा परिवर्तन भएको छैन।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोपमा नेपालको कमजोर तयारी स्वीकार्दै परराष्ट्रमन्त्री खनाल, स्थायी वार्ता टोली बनाउनुपर्नेमा जोड

कोपमा नेपालको कमजोर तयारी स्वीकार्दै परराष्ट्रमन्त्री खनाल, स्थायी वार्ता टोली बनाउनुपर्नेमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति स्थापित गर्न दीर्घकालीन तयारी, अनुभवी वार्ता टोली र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्।
भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक करिब एक सयको संख्यामा जङ्गली हात्ती नेपाल प्रवेश गर्न थालेपछि झापाको मेचीनगरस्थित बाहुनडाँगीका बासिन्दाले सीमा क्षेत्रमा नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टर...
पोखराका चार स्थानमा छठ पूजाको तयारी, १० हजार सहभागी हुने अपेक्षा

पोखराका चार स्थानमा छठ पूजाको तयारी, १० हजार सहभागी हुने अपेक्षा

पोखराका चार स्थानमा छठ पर्व मनाउन पूजा स्थल तयार पारिएको छ। तराई–मधेस समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षमा जस्तै यस वर्ष पनि पोखरामा भव्य रूपमा...
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

भर्खरै