नेभिगेशन
समाज

विराटनगरमा एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने तयारी

मोरङ । विराटनगर महानगरपालिकाले १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणको अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारी थालेको छ। यससँगै लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो। नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्ले स्वीकृत गरेको आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको महानगरले जनाएको छ।

Marvel
Extreme Energy

महानगरपालिकाले अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल र तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजात पनि नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ।

भू–उपयोग वर्गीकरणको विवरण सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ। कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउनेलगायत घरजग्गासम्बन्धी काम सहज हुने महानगरको विश्वास छ।

महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित तयारी तीव्र पारिएको बताए। भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक काम व्यवस्थित, पारदर्शी र छिटोछरितो हुने उनको भनाइ छ।

सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह प्रभावकारी बनाउने महानगरको योजना रहेको कोइरालाले बताए।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको बताए। उनका अनुसार त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको छ। भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन र प्रशासनिक प्रक्रिया सहज हुने महानगरको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रामेछापमा १२०० मेगावाटको जलाशय आयोजना अघि बढाउन तीन करोड बजेट

रामेछापमा १२०० मेगावाटको जलाशय आयोजना अघि बढाउन तीन करोड बजेट

रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
तापक्रम वृद्धि १.५ डिग्री नाघ्ने जोखिम, गुटेरेसले भने– अब वार्षिक ६ प्रतिशत उत्सर्जन घटाउनुपर्छ

तापक्रम वृद्धि १.५ डिग्री नाघ्ने जोखिम, गुटेरेसले भने– अब वार्षिक ६ प्रतिशत उत्सर्जन घटाउनुपर्छ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन देखिए पनि जलवायु सङ्कटको अवधि र प्रभाव कम गर्न हरितगृह ग्यास...
छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

मिथिलाञ्चलसहित तराई–मधेसमा छठ पर्वको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार व्रतालुले ‘खरना’ विधि गर्दैछन्।
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति स्थापित गर्न दीर्घकालीन तयारी, अनुभवी वार्ता टोली र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्।