नेभिगेशन
समाज

संसदबाट गृहमन्त्रीको प्रष्टीकरणः गणेश नेपालीलाई बचाउन अथक प्रयास गरेको हो, प्लेन रेडी थियो

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको तर निजको स्वास्थ्य अवस्था अस्थिर भएको चिकित्सकहरुले बताएपछि त्यता लैजान नसकिएको स्पष्ट पारेका छन् । 

‘हामीले प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो र हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’ गृहमन्त्री गुरुङले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा समय मन्त्री गुरुङले नेपालीलाई भारत लैजान भारतसँग समन्वय पनि गरेको बताए । 

Ncell
Extreme Energy

मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौँ नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए । 

‘तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको ? ह्वील लक लगाएको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ?’ उनले प्रश्न गरे । 

मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।  

छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै