नेभिगेशन
सबै कुरा

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सरकारले समिति गठन गरेको छ ।. बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् । बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सो पद रिक्त छ । 

CG

सिफारिस समितिले बोर्डको अध्यक्ष छनोटको सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ । कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ ।

धितोपत्र ऐन अनुसार सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छन् । त्यसपछि मन्त्रिपरिषदको सिफारिसमा एक जना बोर्डको अध्यक्ष बन्ने छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...