नेभिगेशन
बजार

एकैदिन तोलामा ८ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ह्वात्तै महँगिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर उतारचढावमा छ । बुधबार मात्रै सुनको मूल्य ४ हजार २०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार २०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा झरेको थियो ।

Ncell
Extreme Energy

सोमबार सुनको मूल्य ८०० रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको थियो भने आइतबार १ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य ९५ रुपैयाँ बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको थियो । मंगलबार ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ पुगेको चाँदी सोमबार ३५ रुपैयाँले वृद्धि भएर ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३१५ रुपैयाँमा झरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।