नेभिगेशन
समाज

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङ । बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ ।

बागलुङ नगरपालिकामा संक्रमितको संख्या बढी छ । १० पालिकामध्ये बागलुङ नगरपालिकामा मात्रै दुई महिनामा ३५३ जनामा डेङ्गीको संक्रमण देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै गलकोट नगरपालिकामा ४१, काठेखोला गाउँपालिकामा २८, जैमिनी नगरपालिकामा १६, ढोरपाटन नगरपालिकामा १२, ताराखोला गाउँपालिकामा २, बडिगाड गाउँपालिकामा ३, निसीखोला गाउँपालिकामा ५, तमानखोला गाउँपालिकामा २ र बरेङ गाउँपालिकामा २ र अन्य पालिका घर भई बागलुङमा उपचारका लागि आएका २८ जना गरी जम्मा ४९१ जनामा डेङ्गीको संक्रमण देखिएको हो ।

Ncell
Extreme Energy

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा दैनिक २० देखि ३० जनासम्ममा डेङ्गी देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए ।

बागलुङ बजारमा साउनमा मात्रै १८२ जनामा संक्रमण फैलिएको थियो ।  पानी निरन्तर परेसँगै यहाँ डेंगीका बिरामीको सङ्ख्या वृद्धि हुन थालेको हो । बागलुङ नगरपालिका डेङ्गी सङ्क्रमणको हटस्पट बनेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गी बढेपछि वडा तहमै ‘खोज र नष्ट गर’ अभियान चलाइएको छ । लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्य निरन्तर सञ्चालन गरिएको छ ।

हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान चलाउने कार्य चलिरहेको छ । लामखुट्टेको लार्भा र बासस्थान रहेको ग्यारेज, टायर, फूलदानी लगायतका क्षेत्रमा निगरानी बढाउने डेङ्गीको बासस्थान नास गर्ने काम चलिरहेको छ ।

डेङ्गी सङ्क्रमण फैलिएपछि धवलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङ र गलकोट अस्पतालमा उपचार गराउनेको संख्या बढेको प्रदेश जनस्वास्थ्यका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा जाँच गराएकाको मात्र हो । निजी संस्था र मेडिकलमा पनि डेङ्गी परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै भएको अनुमान गरिएको छ ।

“डेङ्गी संक्रमण बागलुङका १० स्थानीय तहमा पुगेको छ, धौलागिरि अस्पतालमा डेङ्गीका लक्षण भएका बिरामीको संख्या ह्वातै बढेको पाइएको छ, ज्वरो आएका बिरामीको चाप धेरै भएको छ, अस्पतालमा डेङ्गीका उक दर्जन बिरामीको भर्ना भएरै उपचार भइरहेको छ” धौलागिरि अस्पतालका प्रमुख चिकित्सक डा.किरण तिवारीले भने “अस्पतालमा आएको अधिकांश बिरामीलाई डेङ्गीको लक्षण देखिने गरेको छ, दैनिक ४०० बिरामीको अस्पताल आएका २० देखि २५ जनामा संक्रमण पुष्टि भएको छ ।”

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइका लागि समुदायमा जनचेतना फैलाउने कार्यलाई तीब्रता दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।