नेभिगेशन
सबै कुरा

न्युरोडमा अटेरी गरी निषेधित क्षेत्रमा पार्क गरिएका मोटरसाइकल महानगर प्रहरीले उठायो (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटेरी गरी न्युरोडको पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएका सवारी उठाउन थालेको छ । न्युरोडमा मंगलबारदेखि लागू भएको नो पार्किङ लेखिएको स्थानमा पार्क गरिएका सवारीलाई कारवाही गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका थिए । 

Ncell
Extreme Energy

उनीहरुले पहिले पार्क गर्दै आएको स्थानमा सवारी पार्क गर्न पाउनुपर्ने माग राखेका थिए । साथै प्रदर्शनको क्रममा उनीहरुले आफूहरुले सवारी पार्किङ गर्दै आएको स्थानमा पार्किङ गर्न नछोड्ने अडान राखेका थिए । अहिले महानगरले निषेध गरिएको क्षेत्रमा पार्क गरिएका सवारी साधन उठाएको हो । बिहान पनि न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए । 

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...