नेभिगेशन
समाज

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा ।  लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सात वटा संरचना डोजर लगाएर भत्काएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाले आइतबार डोजर चलाउँदा स्थानीय भने असन्तुष्ट छन् । सयौँ संरचना रहेको ठाउँमा आफूनिकटलाई संरक्षण गरेर सात वटामा मात्र डोजर चलाएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपातको आरोप लगाएका छन् ।

Ncell
Extreme Energy

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(8)-1787570876.JPG

नगर प्रमुख महेशप्रसाद चौधरीले भने कसैलाई पक्षपात नगरेको र क्रमशः अरु संरचना पनि भत्काइने दाबी गरे । नगरपालिकाको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए ।

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(5)-1787570910.JPG

लहान–५ स्थित लहान बजार (गुदरी हटिया) स्थित नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाएको घर टहराहरुमा बसोबास गर्ने वा पसल गर्नेलाई तीन दिनभित्र ठाउँ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।

पीडित व्यापारीले घर–टहरा भत्काउँदा धनमालको क्षति भएको भन्दै उचित मूल्यांकन र क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् ।

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(11)-1787570965.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(9)-1787570964.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(10)-1787570964.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(3)-1787570963.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(6)-1787570963.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(1)-1787570962.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(2)-1787570962.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै