नेभिगेशन
समाज

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा ।  लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सात वटा संरचना डोजर लगाएर भत्काएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाले आइतबार डोजर चलाउँदा स्थानीय भने असन्तुष्ट छन् । सयौँ संरचना रहेको ठाउँमा आफूनिकटलाई संरक्षण गरेर सात वटामा मात्र डोजर चलाएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपातको आरोप लगाएका छन् ।

Ncell
Extreme Energy

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(8)-1787570876.JPG

नगर प्रमुख महेशप्रसाद चौधरीले भने कसैलाई पक्षपात नगरेको र क्रमशः अरु संरचना पनि भत्काइने दाबी गरे । नगरपालिकाको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए ।

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(5)-1787570910.JPG

लहान–५ स्थित लहान बजार (गुदरी हटिया) स्थित नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाएको घर टहराहरुमा बसोबास गर्ने वा पसल गर्नेलाई तीन दिनभित्र ठाउँ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।

पीडित व्यापारीले घर–टहरा भत्काउँदा धनमालको क्षति भएको भन्दै उचित मूल्यांकन र क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् ।

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(11)-1787570965.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(9)-1787570964.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(10)-1787570964.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(3)-1787570963.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(6)-1787570963.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(1)-1787570962.JPG

Lahan-Naya-Gaun-After-Dozer_NPL_Suresh-Ray-(2)-1787570962.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...