नेभिगेशन
समाज

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Ncell
Extreme Energy

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका मडैमाथि जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।