नेभिगेशन
मुख्य समाचार

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

धादिङ । असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शीलतबजारदेखि सिमलधारासम्मका कम्तीमा १० स्थानमा पहिरो तथा सडकमा क्षति पुगेको छ।

Ncell
Extreme Energy

शीलतबजारमा भर्खरै फुटाइएको चट्टानको पछिल्लो भागबाट रुखसहितको लेदो पहिरो खसेको छ। सडकको छेउसमेत केही भासिएपछि त्यहाँ एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी छ। कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकको तल्लो भागलाई प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ।

ज्यामिरेघाट–चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध छ। हुग्दीखोलादेखि जवाङखोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा ढुङ्गासहितको पहिरो खसेको छ।

फिस्लिङमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडकमा ठूला ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। चेनेज ६९+०८० मा सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको छ।

चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। धारापानीमा दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। भरिएको कल्भर्ट खुलाउने काम भए पनि सडक एकतर्फी मात्रै सञ्चालनमा छ।

घोप्टेभीरमा ठूला ढुङ्गा र लेदोसहितको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध छ भने सिमलधारामा ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालयका अनुसार वर्षा रोकिएसँगै सबै स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी सडक खुलाउने काम गरिनेछ।

आज पनि मलेखु–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहने भएकाले सम्भव भएसम्म यात्रा नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।